सुन्दरहरैंचा । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिले अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । शुक्रवार एक समारोहका बिच मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले प्रतियोगिताको उद्घाटन गरेका छन् । 

प्रतियोगिताको उद्घाटन गर्दै सभापति तामाङले खेलले क्याम्पस क्याम्पस बिचको आपसी भाइचारा कायम गर्न मद्दत पु¥याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले अनुशासनको पालनका साथ प्रतियोगिता सम्पन्न गर्न आग्रह समेत गरे । 

कार्यक्रममा विशिष्ट अतिथि रहेका नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले खेल मानव जीवनको महत्त्वपूर्ण पक्ष रहेकाले यसको व्यवहारिकतालाई नेविसंघले आयोजना गरेको प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए । 

पूर्वाञ्चल विश्वविद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली काँग्रेसका भातृ तथा सुवेक्षुक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

खेल क्षेत्रमा आएको बजेट विश्वविद्यालयको बन्द कोठा भित्रै सकिने उल्लेख गर्दै इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिका सभापति अमिर कार्कीले नेविसंघबाट पाठ सिक्न आग्रह गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तरगत क्याम्पसका ८ टिम सहभागी प्रतियोगिता पहिलो खेलमा आयोजक टिम विजयी भएको भएको छ । ल क्याम्पसलाई सडनडेथमा पराजित गर्दै आयोजक विजयी भएको छ । प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुने छ ।