मोरग । वडावासीको स्वास्थ्यलाई मध्यनजर राख्दै मोरगंको लेटागं नगरपालिका वडा नम्बर ५ले स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले वडाले आयोजना गरेको एक दिने निशुल्क स्वास्थ्य शिविरको  उद्घाटन गरेकी हुन  । शिविरमा फिजिसियन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, स्त्रीरोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा प्रदान गरिएको वडाध्यक्ष भूम सूर्य मगरले जानकारी दिए । सो स्वास्थ्य शिविरमा  २ सय ३१ जनाले सेवा लिएका छन् ।  । जसमध्ये ७७ जनाको सुगर, प्रेसर, ग्यास्टिक लगायतका रोगको परिक्षण गरि परामर्श प्रदान गरिएको, ५१ जनालाई हाडजोर्नी तथा नसा रोग सेवा, ६३ जनालाई स्त्रीरोग सेवा, १० जनालाई बालरोग परामर्श सेवा र ३० जनालाई भिडियो एक्सरे सेवा प्रदान गरियो । स्वास्थ्य संस्थासम्म जान नसक्ने असाहय तथा आर्थिक अभावका कारण उपचार गराउन नसकेका विपन्न परिवारलाई लक्षित गरि शिविर सञ्चालन गरिएको शिविरमा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरले प्राविधिक सहयोग पुरयाएको थियो । शिविरमा सेवा लिएका विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।