सुनसरी  । पुर्वी तराईका जिल्लामा नयाँ वर्ष सुरु भएसंगै सिरुवा मेला पनि सुरु भएको छ । परापुर्वकाल देखि नै पुर्वी तराईमा बसोबास गर्दै आएका थारु समुदायका मानिसहरुले ग्रामथान रहेका क्षेत्रमा विशेष पुजाअर्चना सिरुवा धार्मिक मेला लाग्दैै आएको छ । त्यस्तै हरेक वर्ष बैशाख ३ गते तथा आज इटहरी उपमहानगरपालिका वडा नम्वर ४मा रहेको कचना मह,ादेव मन्दिरमा सिरुवा मेला लागेको छ ।  

 कचना महादेव मन्दिरको लागेको थारु समुदायले हर्सोउल्लासका साथ मनाउने सिरुवा मेलालाई लक्षित गरी इटहरी उपमहानगरपालिकाले स्थानीय  आज विदा समेत दिएको छ । खेतीपाती सकिएरपछि गर्मी सुरु हुने समय वैशाख महिनामा बालीनाली राम्रो होस , परिवारमा सुख शान्ति र छालाजन्य रोगव्याधी नलागोस भन्ने कामना साथ ग्रामथानमा बैशाख भरी पुजा अर्चना गर्ने गरिन्छ । वैशाख महिना वर्षको सिरको महिना भएको र यो महिना भरी लाग्ने धार्मिक मेलालाई सिरमा प्रत्यय छोडिएर सिरुवा भएको जनविश्वास रहेको छ । इटहरीको कचना महादेवमा लागेको सिरुवा मेलामा उल्लेखिय संख्यामा मन्दिरमा पुजाअर्चना गर्न तथा छालाको रोग नलागोस भनेर भान्टा चढाउन भक्तजनहरुको उल्लेखिय भिड लागेको छ । अन्य भक्तजनहरु जस्तै गरी पुजाका लागि लाईनमा वसेका इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल नगरवासीको सुख शान्ति र नगरको विकासको कामना सहित पुजा गर्न आएको वताए ।

कचना महादेव मन्दिरमा लाग्ने सिरुवा मेलामा टाढाटाढा देखि पनि मानिसहरु आउने भएकाले धेरै मानिसहरुको सहभागिता हुदाँ कुनै पनि अप्रिय घटना नहोस भनेर प्रहरीले उच्च सुरक्षा सर्तकता वढाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव काफ्ले ले जानकारी दिए ।

इटहरी उपमहानगरपालिकाले प्रथम जातीका रुपमा घोषणा गरेको थारु समुदायका मानिसहरुले विशेष रुपमा मनाउने सिरुवा मेला अन्तरगत इटहरीमा लागेको मेलालाई लक्षित गरी सार्वजनिक विदा समेत दिएको छ । यहा, झापा,मोरङ, सुनसरी, छिमेकि देश भारत लगएतका ठाउबाट समेत मानिस आउने गर्दछन ।  सिरुवा मेलामा भान्टाको भार चढाएमा छाला जन्य रोग निको हुने विश्वास गरिन्छ  । एक महिना सम्म इटहरी तथा सुनसरीका  विभिन्न स्थानमा रहेका ग्रामथानमा  लाग्ने सिरुवा मेलाका कारण पुर्वी तराईका मानिसहरुलाई अहिले भ्याइ नभ्याइ भई रहेको छ ।