काठमाडौं, ३० चैत्र । भारतमा दुईजना ग्यांगस्टरको इनकाउन्टर भएको छ । उनीहरु मध्ये एक ग्यांगस्टरबाट राजनीतिमा सक्रिय भएका लोकसभाका पूर्व सांसद अतिक अहमदका छोरा असद हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार असदका सहयोगी गुलाम पनि प्रहरी इनकाउन्टरमा मारिएका छन् । दुवैजना कानून व्यवसायी उमेश पाल हत्याकाण्डमा जोडिएका थिए ।
उत्तर प्रदेश प्रहरीले असद र गुलामको टाउकाको मूल्य समेत तोकेको थियो । प्रयागराजमा उमेश पालको हत्या भएपछि उनीहरु खोजीको सूचीमा थिए ।

आज विहान उत्तर प्रदेशका सांसद अतिक अहमदलाई अदालतमा पेश गरिएको थियो । उनका भाई खालिद अजिमलाई बरेलीको जेलबाट कडा सुरक्षाबीच अदालत लगिएको थियो । ठिक आजकै दिन अहमदका छोरा असद इनकांउटरमा मारिनुलाई अर्थपूर्ण मानिएको छ ।

अहमदमाथि १०० भन्दा बढी आपराधिक गतिविधिमा संलग्नताको आरोप छ । जसमध्ये पाल हत्याकाण्ड पनि हो ।

कानून व्यवसायी उमेश पाल सन् २००५ मा बहुजन समाजवादी पार्टीका सांसद राजु पालको हत्याका प्रत्यक्षदर्शी थिए । पालको आफ्नै घरबाहिर प्रयागराजमा दुई प्रहरी सुरक्षागार्डसहित हत्या भएको थियो ।

उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि अहिलेसम्मकै सर्वाधिक इनकाउन्टर भइसकेको छ ।