धनकुटा । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १३ औं धनकुटा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता धनकुटामा शुरु भएको छ ।

धनकुटा जिल्ला खेलकुद विकास समिति धनकुटाको आयोजनामा बुधबार एक कार्यकमका साथ प्रमुख अतिथि संघिय ससांद राजेन्द्र कुमार राईले उद्घाटन गर्नुभएको प्रतियोगितामा जिल्ला स्थित ६ वटा पालिकाका खेलाडिहरूको सहभागिता रहेको थियो । 

खेलकुदको क्षेत्र भेग रहेको बताउदै प्रमुख अतिथि संघिय सांसद राईले खेलको क्षेत्रमा विगतको भन्दा राम्रो खालको निति बनाएर तमाम खेलाडीहरुलाई व्यावसायि बनाउन सके उत्पादनमा बृद्धि हुनुका साथै राष्ट्र स्तरका खेलाडीहरुले राष्ट्र अन्तराष्ट्रिय स्तरसम्म धनकुटा जिल्लालाई चिनाउन सक्नुका साथै स्वास्थ्यकालागि खेलकुद आवश्यक रहेको जानकारी दिनुभयो । IMG-20230412-WA0075उहाँले धनकुटा जिल्लामा पाँचजना राष्ट्रियस्तरका खेलाडीहरु रहेको बताउनु हुदै खेलको क्षेत्रमा विकास गरि खेललाई व्यावस्थित गर्दै खेलाडीहरुलाई राम्रोसँग खेलखेल्न उत्साहित गर्नु भयो ।

उक्त कार्यक्रममा कोशि प्रदेश सदस्य निरन राई, कोशि प्रदेश पुर्व सदस्य कुसुम कुमारी श्रेष्ठ (जुलि), प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खेलाडीहरुलाई शुभकामना मनतब्य दिनुभएको थियो । 

छात्रछात्राहरुको त्रिपल जम्म खेलबाट खेलको शुरुवात गरिएको थियो । IMG-20230412-WA0071

बिहिबार सम्म सञ्चालन हुने प्रतियोगितामा ग्याव्लिङ्ग थ्रो, त्रिपल जम्म, टेक्वाण्डो, उसु, कवडि, एकसय, दुईसय, तीनहजार मिटर दौड,  कराते, भलिवल, एथलेटिक्स, हाईजामलगायतका खेल प्रतियोगिता हुने आयोजक धनकुुटा जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

धनकुटा जिल्ला खेलकुद विकास समितिका मनोज राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा भिमदल गण सल्लरी व्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रतिनिधि, नम्वर ६ शसस्त्र प्रहरी वल छिन्तांक गुल्म धनकुटा गुल्मपति, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।