इटहरी । देशका केही ठाउँमा पुनः कोभिड देखा परिरहेको समयमा इटहरी उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन थालेको छ ।   उपमहानगरपालिकाले नगरवासीहरुलाई कोभिड लक्षित स्वास्थ्य सुरक्षा अपनाउन साथै खोप लगाउन आग्रह गरेको छ ।

 कोभिड विरुद्धको खोप लगाउन आग्रह गर्दै उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले नगरवासीलाई विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको आएको खोप भएकाले लगाउन आग्रह  गरेका हुन । उनले कोभिडकालमा आफुहरुले पनि ठुलो समस्या झेल्नु परेको स्मरण गर्दै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै नगरवासीका लागि खोप व्यवस्था मिलाइएको जानकारी दिए ।   इटहरी उपमहानगरपालिमा कोभिड विरुद्धको खोप लगाउने कार्य गरिदै आएको छ । नयाँ खोप संगै वुस्टर डोज लगाउने व्यवस्था समेत उपमहानगरपालिकाले मिलाएको जनाइएको छ । यसै विच नगरप्रमुख पौडेल उपप्रमुख संगिता चौधरी ,केही वडाध्यक्ष, जनप्रतिनिधिहरु खोप लगाएका छन ।