इटहरी । कोशी प्रदेश खेलकुद विकास वोड तथा इटहरी कराँते नगर कमिटीको आयोजनामा इटहरीमा भएको स्कुल स्तरीय कराँते प्रतियोगितामा शान्तिनगर स्कुल प्रथम भएको छ ।

एक दिवशीय कराँते प्रतियोगितामा प्रथम हुदै शान्तिनगर स्कुलले नगद ६हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको हो । त्यसै गरी दोस्रो हुने रंगशाला टिमले नगद ४हजार नगद ट्रफि र प्रमाण पत्र र तेस्रो हुने हिमाली स्कुलले नगद ३हजार सहित ट्रफि र प्रमाण पत्र गर्न सफल भएको छ । 340437623_1293815451516891_5597453695414234101_nकराँते प्रतियोगिताको कोशी प्रदेश खेलकुद विकास वोडका सदस्य सचिव हंस वहादुर बाग्लेले उद्घाटन गरेको प्रतियोगिताको समापन प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले गरेकी हुन । प्रतियोगिताको अध्यक्षता दुर्गा वहादुर वुढाथोकीले गरेका थिए भने कार्यक्रममा समिर पोखरेल लगायतका खेलकुदसंग सम्वन्धीत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।