पुर्वराजा ज्ञानेन्द्र शाहलाइ सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालमा गणतन्त्र स्थापना पश्चात पहिलो पटक पूर्व राजालाई नागरिक अभिनन्दन गरिने शनीवार इटहरीमा  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पुर्वराजा ज्ञानेन्द्र शाहलाइ गरीन लागेको नागरिक अभिनन्दनका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यही चैत्र २० गते पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मुल आयोजक समिती इनरुवा सुनसरीले अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको जनाइएको हो ।

इनरुवा स्थित जेल फिल्डमा दिउसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको जनाइएको छ । पूर्वका नागरीकहरुद्धारा पूर्व राजा लाई अभिनन्दन गर्ने कार्यक्रममा १ हजार १ जनाको मुल तयारी समिती गठन गरेर कार्यक्रमको तयारी अन्तिम चरणमा पु¥याइएको पूर्व शिक्षा मन्त्री केशर बहादुर विष्टले जानकारी दिए । राजसंस्थामा विश्वास राख्ने क्षेत्र,दल ,सङ्घ सङ्गठनमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहनुका साथै अन्य राजनैतिक दलका प्रतिनिधीहरुको पनि उपस्थिति रहने उनले बताएका छन् ।

फाल्गुन ७ गते पुर्वराजा ज्ञानेन्द्र साहद्वारा देशको अवस्था चिन्ताजनक रहेको र सबै दललाई देश विकासको लागी आह्वान गरिएको स्मरण गराउँदै उनले यस अभिनन्दन कार्यक्रम पनी कुनै राजनैतिक दल वा सङ्गठन निकट कार्यक्रम नभई सबैको साझा कार्यक्रम भएको जनाएका छन् ।

सो समितिमा नेपालको लागी नेपाली,जय राष्ट्रवादी दल,राष्ट्रिय सरोकार मञ्च जस्ता दल तथा कालु पाण्डे प्रतिष्ठान,गुरु गोरक्ष अभियानजस्ता संस्थानहरूको सहभागिता रहने सो अवसरमा जानकारी गराइयो । इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तीमा ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने जानकारी दिए। इनरुवाको खेल मैदानमा हुने सो कार्यक्रमका लागि शाह सोहीदिन झापाबाट दिउँसो सडकमार्ग हुदै पुग्ने कार्यक्रम रहेको छ।