सुनसरी– इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरंगले जितेको छ । इटहरी रंगशालामा आज सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोज राईको प्रहार बाहिरिएपछी सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचाल्न सफल भएको हो । फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, बिदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोजको प्रहार आकाशिएको थियो । सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र बिबेक बर्माको प्रहार गोलमा परिणत भएपछी सगरमाथाको भाग्य खुलेको हो । नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधीसंगै नगद १० लाख हात पारेको छ । उपबिजेता चर्च ब्वाइजले ५ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगितामा उनले ५ गोल गरेका थिए । सगरमाथाका देब लिम्बु बेष्ट गोलकिपर, बिशाल बस्नेत बेष्ट डिफेण्डर,स्टेफिन बिनांग बेष्ट फरवार्ड भए ।