मोरङ । सुन्दरहरैचा नगरपालिकाको एतिहासिक तथा सांस्कृतिक पहिचान देश व्यापी परिचित गराउने उद्धेश्यले रन सुन्दरहरैँचाको आयोजना हुने भएको छ । 

इन्द्रपुर जुनियर जेसिजको आयोजनामा २०८० वैसाख १६ गते उक्त प्रतियोगिता हुने भएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

तिन वटा बुदामा सम्पन्न हुने कार्यक्रममा ५ किलोमिटर नन प्रोफेसनल स्थानिय शैक्षिक संस्था तथा स्थानियवासी र २१ किलोमिटर महिला हाफ म्याराथोन र २१ किलोमिटर पुरुष हाफ म्याराथोन हुने जनाइएको छ । 

प्रतियोगितामा विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गर्न प्रोफेसनल सय जना एथलेटिक्स खेलाडी तथा नन प्रोफेसनल ५सय जनाबिच प्रतिस्पर्धा हुने आयोजकको विस्वास रहेको छ ।IMG_20230321_085050

 प्रत्येक खेलाडीलाइ रन सुन्दरहरैचा अंकित टिसर्ट उपलब्ध गराइने साथै खेलाडीले सोही टिसर्टमा दौडनुपर्ने छ । २१ किलोमिटर तर्फ प्रथम,दृतीय र तृतिय हुने खेलाडीलाइ नगद रु ४० हजार,१५ हजार र ५ हजार प्रदान गरिने साथै ५ किलोमिटर तर्फका विजेतालाइ क्रमश नगद रु ७ हजार ,५ हजार र ३ हजार प्रदान गरिने जनाइएको छ । 

विभिन्न स्थानमा अन्य खेलहरु भएता पनी यस प्रकारका खेल कमै मात्रामा हुने गरेको तर्फ मध्यनजर गर्दे दौड प्रतियोगिताको आयोजना गर्न लागिएको इन्द्रपुर जेसिसका कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम निर्देशक  उत्सव थापाले बताएका छन । 

इन्द्रपुर जुनियर जेसीसका अध्यक्ष रिकेश भण्डारीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा स्थानीय विद्यार्थीहरुको पनी प्रतियोगितामा सहभागीता रहने आयोजकले जनाएको छ ।