स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भव्यताका साथ सम्पन्न भएको छ। सुनसरीमा स्ववियु हुने ७ क्याम्पस मध्ये पिण्डेश्वर विद्यापीठमा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भएको हो । आइतबार भएको मतदानमा पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानमा मतगणना जारी छ। त्यसबाहेक जनता बहुमुखी, महेन्द्र बहुमुखी, सुनसरी क्याम्पस र सप्तकोसी क्याम्पसमा भोलि बिहान बाट मतगणना हुने भएको छ । जनता बहुमुखी क्याम्पसको निर्वाचन सम्पन्न भएको छ ।बिहान करीब ८ं३० बजे देखि सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको हो निर्वाचन समितिका अनुसार कूल पाँच हजार ७८८ मतदातामध्ये कूल दुई हजार ४२४ मात्रै मत  खसेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।स्ववियु सभापतिमा सहदेव काफ्ले, उज्वल सिग्देल र दानबीर थापा ९सम्राट० प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार मतगणना भने सर्वदलीय बैठक बसेपछि सोमबार बिहानदेखि सुरु हुने बताइएको छ ।