इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा आयोजित चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 

राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने नारालाइ आत्मसाथ गर्दै आयोजना गरीएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो । 

इटहरी ८ मा रहेको सरस्वती सतन मा वि मा हिजो देखी आयोजना भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतीयोगीतामा आयोजक वडा नम्बर ८ को कार्यलय सहित इटहरी ८ मा रहेका टोल बिकास संस्थाहरु बिच प्रतिस्पर्धा भएको थियो । WhatsApp Image 2023-03-06 at 18.35.43प्रतियोगितामा पुरुष तर्फ र महिला तर्फ गरी विधा छुट्याइएको थियो । प्रतियोगितामा पुरुष तर्फ गोदावरी टोल बिकास संस्था प्रथम भएको छ भने महिला तर्फ जागृती टोल बिकास संस्था प्रथम हुन सफल भएको छ । पुरुषतर्फ प्रथम र दृतिय हुने टोलीले क्रमश नगद रु ३० हजार, २० हजार सहित ट्रफी प्रमाण्पत्र प्राप्त गरेका थिए भने महिला तर्फ प्रथम र दृतिय हुने टोली लाइ क्रमश नगद रु १० हजार, ५ हजार सहित ट्रफी प्रमाणपत्र प्रदान गरिएको वडा सचिव घनश्यम गिरीले जानकारी दिए  । WhatsApp Image 2023-03-06 at 18.35.44

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रोहित कुमार चौधरीको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेल,इटहरी नगर कार्यपालीका सदस्य दिपा राइ लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।