इटहरी । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने नारालाइ आत्मसाथ गर्दै इटहरी वडा नम्बर ८ ले चौधो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको छ । 

इटहरी ८ मा रहेको सरस्वती सतन मा विको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो । 

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बेलुन उडाएर फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । WhatsApp Image 2023-03-05 at 18.19.50मानिसका लागी स्वास्थ्य भन्दा ठुलो केही हैन भन्ने तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीले बताए । 

साथै उनले यस प्रतियोगीतामा पुरुष तर्फ ५ र महिलातर्फ ४ टोलीको सहभागीता रहने जानकारी गराएका छन । WhatsApp Image 2023-03-05 at 18.19.02

प्रतियोगितामा आयोजक वडा नम्बर ८ को कार्यलय सहित इटहरी ८ मा रहेका टोल बिकास संस्थाहरु बिच प्रतिस्पर्धा भइरहेको छ । 

भएको उद्घाटन खेलमा गोदावरी टोल बिकास संस्थाले जाग्रिती टोल बिकास संस्थालाइ ६ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो । WhatsApp Image 2023-03-05 at 18.19.50 (1)

भोली हुने फाइनल खेल वडा कार्यलय र गोदावरी टोल बिकास संस्था बिच हुने वडा सचिव घनश्याम गिरीले जानकारी दिए । WhatsApp Image 2023-03-05 at 18.19.53

 प्रतियोगिताको उदघाट्न कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य दिपा राइ,रञ्जना सरदार,सरस्वती सतन मावि व्यवस्थापन समिति अध्यक्ष अरुण चौधरी,राष्ट्रिय जागृती क्लव इटहरीका अध्यक्ष सन्तबहादुर डुम्जन लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । WhatsApp Image 2023-03-05 at 18.19.05