सुनसरी, सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका छन् । दादुरा फैलिए पछि स्वास्थ्य कार्यालय सुनसरीले खोप अभियान चलाउने भएको छ । २९ जनामा दादुरा देखिएपछि फागुन १६ गतेदेखि आपतकालीन कार्य योजना सहितको खोप अभियान अघि बढाएको हो । दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिनुु भयो । दादुराको संक्रमण रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइनेछ ।

फागुन १६ गतेबाट बर्जुका सबै ६ वटै वडाहरुमाएकसाथ दादुरा विरुद्धको खोप अभियान सञ्चालनमा ल्याइने प्रसाईंले बताउनु भयो । शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्न सक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ ।