धनकुटा  । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत तेस्रो धनकुटा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ । 

पालिका भित्रका १६ वटा विध्यालयका विच प्रतिस्पर्धा रहेको उक्त प्रतियोगिता पालिकाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिबारबाट सञ्चालन गरिएको थियो ।

उक्त प्रतियोगिताको ६ स्वर्ण, ५ रजत र ४ काश्य पदक प्राप्त गरी हिले माध्यमिक विद्यालय हिलेले प्रथम स्थान ओगट्न सफल भएको छ भने ५ स्वर्ण ६ रजत र ५ काश्य पदक प्राप्त गरी जनकल्याण माध्यमिक विद्यालयले दोस्रो पुरस्कार प्राप्त गर्न सफल भएको छ । यसैगरी ५ स्वर्ण, २ रजत र १ काश्य पदक प्राप्त गरी गोकुण्डेश्वर माध्यमिक विद्यालयले तृतीय स्थानमा चित्त बुझाएको छ । IMG20230219153504

विजयी खेलाडिहरूले जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् । प्रतियोगितामा विजयी खेलाडीले मेडल र प्रमाणपत्र पाएका थिए भने पहिलो र दोस्रो हुने विद्यालयले ट्रफि प्रमणपत्र प्राप्त गरेका थिए ।  

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिले खेलको माध्यम बाटै नगरका खेलाडिहरुले नगरलाई मात्र नभएर जिल्लालाई नै विश्व सामु चिनाउन सक्ने भएकाले खेलको महत्व रहेको बताउनुभयो । 

महिला र पुरुष तर्फको भलिबल प्रतियोगितामा गोकुण्डेश्वर माध्यमिक विद्यालय प्रथम, हिले माध्यमिक विद्यालय दोस्रो, गोकुण्डेश्वर बाल मन्दिर माध्यमिक विद्यालय तेस्रो भएका थिए । IMG20230219163750१०० मीटर पुरुष तर्फको दौड प्रतियोगितामा, त्रिबेणी माध्यमिक विद्यालयका रोहन श्रेष्ठ प्रथम, जनकल्याण माध्यमिक विद्यालयका दिनेश दर्लामी दोस्रो र धनकुटा अंग्रेजी बोर्डिङ स्कूलका धर्मराज वि क तेस्रो भएका थिए । यसैगरी महिला तर्फको १०० मीटर दौड प्रतियोगितामा बालसंसार आवासीय माध्यमिक विद्यालयका रिचा सुवेदी प्रथम, गोकुण्डेश्वर माध्यमिक विद्यालयका तिर्सना राई दोस्रो र देउराली माध्यमिक विद्यालयका सीमा राई तेस्रो भएका थिए ।  

पुरुष तर्फको २०० मीटर दौड प्रतियोगितामा त्रिबेणी माध्यमिक विद्यालयका रोहन श्रेष्ठ प्रथम, निजामती माध्यमिक विद्यालयका रविन्सन दोस्रो र गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका सन्दिप लिम्बु तेस्रो भएका थिए ।  महिला तर्फको २०० मीटर दौड प्रतियोगितामा बालसंसार आवासीय माध्यमिक विद्यालयका रिचा सुवेदी प्रथम, गोकुण्डेश्वर माध्यमिक विद्यालयका तिर्सना राई दोस्रो, जनकल्याण माध्यमिक विद्यालयका अनिसा सुवेदी तेस्रो भएका थिए ।IMG20230219092726

पुरुष तर्फको ४०० मिटर दौड प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयका दिनेश दर्लामी प्रथम, गोकुण्डेश्वर मा वि निरज सारु मगर दोस्रो, निजामती आवासिय माध्यमिक विद्यालयका सुजन श्रेष्ठ तेस्रो भएका छन् । महिला तर्फको ४०० मीटर दौड प्रतियोगितामा हिले माविका विनिता तामाङ प्रथम, देउराली माध्यमिक विद्यालयका अनुसा राई दोस्रो, गोकुण्डेश्वर वालमन्दिर माध्यमिक विद्यालयका सारदा थापा तेस्रो भएका छन् । 

पुरुष तर्फको ८०० मीटर दौड प्रतियोगितामा जनकल्याण मावि बिपिन श्रेष्ठ प्रथम, धनकुटा अंग्रेजी बोर्डिङ स्कूलका अभिषेक लिम्बु दोस्रो, देउराली माविका सक्षम राई तेस्रो भएका थिए । यसैगरी महिला तर्फको ८०० मीटर दौड प्रतियोगितामा जनकल्याण माविका अनिसा सुवेदी प्रथम, हिले माविका अस्मिता खड्का दोस्रो, देउराली माविका जसिका राई तेस्रो भएका छन् । IMG20230219174753

पुरुष तर्फको १५०० मीटर दौड प्रतियोगितामा जनकल्याण माविका प्रतिक मगर प्रथम, गोकुण्डेश्वर माविका राजन राई दोस्रो, हिले माविका साजन दर्लामी तेस्रो भएका थिए । महिला तर्फको १५०० मीटर दौड प्रतियोगितामा हिले माविका सृजना राई प्रथम, गोकुण्डेश्वर बालमन्दिर माविका अन्जु राई दोस्रो भएका थिए । 

पुरुष  तर्फको ३००० मीटर दौडमा जनकल्याण माविका प्रतिक मगर प्रथम, हिले माविका मोतिलाल मगर दोस्रो, गोकुण्डेश्वर माविका विजय मल्लिक तेस्रो, महिला तर्फको ३००० मीटर दौडमा गोकुण्डेश्वर बालमन्दिर मावि प्रतिस्रा भण्डारी प्रथम, धनकुटा बोडिङ्गका विसोनीया राई दोस्रो, हिले माविका मोनिका सुनुवार तेस्रो भएका थिए । 

महिला तर्फको ४×१०० मीटर दौडमा गोकुण्डेश्वर बालमन्दिर मावि प्रथम, गोकुण्डेश्वर  मावि दोस्रो, जनकल्याण मावि तेस्रो भएका थिए भने पुरुष तर्फको ४×१०० मीटर दौडमा त्रिबेणी मावि प्रथम, निजामति आवासीय मावि दोस्रो, हिले मावि तेस्रो भएका थिए । 

पुरुष तर्फको ४×४०० मीटर दौडमा जनकल्याण मावि प्रथम, गोकुण्डेश्वर मावि दोस्रो, गोकुण्डेश्वर बालमन्दिर मावि तेस्रो भएका थिए । महिला तर्फको ४×४०० मीटर दौडमा हिले मावि प्रथम, जनकल्याण मा वि दोस्रो, गोकुण्डेश्वर मावि तेस्रो भएका थिए । 

पुरुष तर्फको ज्याभ्लिन थ्रो प्रतियोगितामा गोकुण्डेश्वर माविका नवराज मगर प्रथम, बालसंसार आवासीय माविका युनेश श्रेष्ठ दोस्रो, गोकुण्डेश्वर बालमन्दिर माविका ज्वाला राई तेस्रो भएका थिए । महिला तर्फको ज्याभ्लिन थ्रोमा गोकुण्डेश्वर माविका रोजिना राई प्रथम, निजामती माविका टेनिसा लिम्बु दोस्रो, धनकुटा बोर्डिङ स्कूलका आसिका राई तेस्रो भएका छन् ।  

पुरुष तर्फको सटपुट खेल प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माविका 

सुदिप श्रेष्ठ प्र्रथम, गोकुण्डेश्वर माविका क्षितिज लावर दोस्रो, हिले माविका सुजन दर्लामी तेस्रो, महिला तर्फको सटपुटमा गोकुण्डेश्वर बालमन्दिर माविका भूमिका श्रेष्ठ प्रथम, निजामती मावि टेनिसा लिम्बु दोस्रो, गोकुण्डेश्वर माविका रोजिना राई तेस्रो भएका थिए ।  

पुरुष तर्फको हाईजम्पमा गोकुण्डेश्वर बालमन्दिर माविका योगेश याम्फु प्रथम, बाल संसार आवासीय माविका युनिस श्रेष्ठ दोस्रो, त्रिबेणी माविका निश्चल श्रेष्ठ तेस्रो भएका थिए । महिला तर्फको हाईजम्पमा हिले माविका अस्मिता खड्का प्रथम, गोकुण्डेश्वर बालमन्दिर माविका उपेक्षा राई दोस्रो, गोकुण्डेश्वर मावि वर्षा लिम्बु तेस्रो भएका थिए । 

पुरुष तर्फको लङ्जम्पमा त्रिबेणी माविका प्रमिसराज राई, हिले माविका दोस्रो, गोकुण्डेश्वर बालमन्दिर माविका सुवास विष्ट तेस्रो, महिला तर्फको लङ्जम्पमा गोकुण्डेश्वर मावि तिर्सना राई प्रथम, गोकुण्डेश्वर बालमन्दिर माविका ज्योती विक दोस्रो, देउराली माविका जसिका राई तेस्रो भएका थिए । 

पुरुष तर्फको ट्रिपल जम्पमा हिले माविका मणिराज तामाङ प्रथम, निजामती आवासीय मा विका रविन्सन राइदोस्रो, त्रिबेणी मा विका प्रमिसराज राई तेस्रो, महिला तर्फको ट्रिपल जम्पमा  हिले माविका अस्मिता खड्का प्रथम, बाल संसार आवासीय मा विको रिचा सुवेदी, दोस्रो, गोकुण्डेश्वर बालमन्दिर मा विका ज्योति  वि क तेस्रो भएका थिए ।

गोकुण्डेश्वर माविका शिक्षक भक्त खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णायक एथ्लेटिक्सका रेफ्री टीकाराम श्रेष्ठ, किरण प्रधान, भलिबलका अमृत राई, ऋषिराम पराजुली, जुनु राई, रस्मी राई रहनु भएको थियो ।

गोकुण्डेश्वर माध्यमिक विध्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईको अध्यक्षता एवं धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यतामा उद्घाटन भएको  प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । 

उक्त कार्यक्रममा धनकुटा नगरपालिका उपप्रमुख भिमादेवि खनाल, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, राष्ट्रिय अनुसन्धान प्रमुख विनिता राई, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्रमणि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।