इटहरी । युवाहरुमा सहकारी भावनाको विकास गर्न किसान कल्याण साकोसले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । किसान कल्याण साकोसले विभिन्न शहरहरुमा साकोसको युवा क्लब गठन गरेको छ । 

किसान कल्याण साकोस युवा क्लब खनारको अगुवाईमा गरिबी न्यूनिकरणमा सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । 

साकासको खनार सेवाकेन्द्रको कार्यक्षेत्र भित्रका ९ वटा विद्यालयका १६ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा सरस्वती सतन मा. वि.का प्रेम खत्री प्रथम भएका छन् ।331468432_458958766360010_6023984335191197671_n यस्तै खनार सनसाइन एकेडेमीका शुभाङ्ग लुइटेल द्वित्तीय, न्यु एरा एकेडेमी कि एनुका पोखरेल तृतीय र साई चिल्ड्रेन होमका आकाश पराजुली सान्त्वना भएकी थिईन । 

प्रतियोगिताका विजेताहरुलाई इटहरी वडा नम्बर १२का वडा अध्यक्ष भुवनराज पोखरेलले  शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।331419218_1230724144212372_3625407083478430929_n

संस्थाले युवा सेयर सदस्यहरुलाई सहकारीमा सकृय बनाउने उदेश्यले सबै सेवाकेन्द्रहरूमा युवा क्लब गठन गरि सृजनात्मक कार्यक्रमहरु गर्ने गरेको किसान कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।