इटहरी । कर्पाेरेट फुटसल बासको उपाधी आयोजक टिम नेपाल युवा उद्यमी मञ्च सुनसरीले हात पारेको छ । 

इटहरी स्थित पाथिभरा फुटसल काव्यवाटिकामा भएको फाइनल खेलमा सनराइज बैंकलाइ ५ का बिरुद्व ३ गोलले हराउँदै आयोजक टिम नेपाल युवा उद्यमी मञ्चले हात पारेको हो ।

 निर्धारित समय सम्म खेलमा ३, ३ को बराबरी भएपछी अतिरित्त समयमा आयोजक टिमले थप २ गोल गर्न सफल भएको थियो । IMG_20230219_193853नेपाल युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष सन्तोष आचार्यको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिष्म घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित एक औपचारिक कार्यक्रमका बिच सम्पन्न गरिएको थियो । प्रतीयोगीतामा प्रथम हुने टिमले नगद रु १ लाख ट्रफी,मेडल र प्रमाणपत्र,दोस्रो हुने टिमले ४० हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।IMG_20230219_162659

 यस्तै बेस्ट किपर तर्फ सनराइज बैँकका सागर कार्की,हाइएस्ट गोल स्कोरर तर्फ सनराइज बेँककै सन्जिव कुमार नेपाल साथै प्लेयर अफ द टुर्नामेन्ट प्रज्वल बस्नेत भएका छन । 

शारिरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्पुर्ण हुने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले यही फाल्गुन ६ गतेदेखी ७ गतेसम्म कर्पाेरेट फुटसल बास आयोजना गरेको थियो । खेलमा प्रदेश नम्बर १मा रहेका विभिन्न बैंक ,व्यवसायिक प्रतिष्ठान लगायतका १४ वटा टिमको प्रतियोगितामा सहभागिता रहेको , नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष आचायृले जनकारी दिए ।