धनकुटा  । जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिवारबाट तेस्रो धनकुटा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । 

तेस्रो नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङ्गले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व रहेको बताउनु भयो । उहाँका अनुसार खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले पनि विद्यार्थी जीवनमा यसको धेरै महत्व हुनेहुदा खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने छ । शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनका विद्यार्थीहरुलाई आग्रह गर्दै नगरपालिकाले खेलकुदकालागि आवश्यक सहयोग गर्ने बचन दिनुभयो ।331492580_1361357951266161_615540909723357730_n

गोकुण्डेश्वर माध्यमिक विध्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईको अध्यक्षतामा शुरु गरिएको प्रतियोगितामा छेलो, भलिबल, आठसय मिटर दौड छात्रा, छात्र, एकसय मिटर दौड छात्रा, छात्र, चारसय मिटर दौड छात्रा, छात्र, दुईसय मिटर दौड छात्रा, छात्र, हाईजम, लङ्जम, सटपुट, एकहजार पाँचसय मिटर दौड, तीनहजार मिटर दौड, त्रिपलजम, ज्याव्लिङ्ग थ्रो, भलिवल, रिलेलगायतका लगाएका विधाका खेल भईरहेको आयोजक संस्थाका संयोजक यज्ञ प्रकाश चापागाँईले जानकारी दिनुभयो । 

प्रतियोगितामा पालिकामा रहेका सामुदायिक र संस्थागत माध्यमिक तहका विद्यालयका बिद्यार्थीहरु सहभागी रहेका छन् । प्रतियोगितामा माध्यमिक तहमा अध्ययन गरिरहेका बिद्यार्थीहरुको सहभागीता रहेको र प्रत्येक विधामा विजयी हुनेले सिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।331701204_587072790129462_1205794724299747565_n

धनकुटा नगरपालिका स्थित खेलमैदानमा शुरु भएको प्रतियोगिता फाल्गुण ६,७ गतेसम्म सञ्चालन हुने १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शनिवार निजामति आवासीय माध्यमिक विध्यालय, धनकुटा बोडिङ्ग स्कुल, हिले मावि, गोकुण्डेश्वर माध्यमिक विध्यालय, भाषा मावि, जनकल्याण माध्यमिक विध्यालयलगायतका धनकुटा नगरपालिका भित्रका १६ वटा विध्यालयका विच प्रतिस्पर्धा रहने छ । 

शनिवार सम्पन्न रनिङ्ग खेलमा पहिलो, दोस्रो, तेस्रो भएकाहरूलाई पुन आईतबारको खेलमा समावेश गरि पहिलो, दोस्रो र तेस्रो छनौट हुनेछन् । सम्पन्न प्रतियोगितामा धनकुटा नगरपालिका उपप्रमुख भिमादेवि खनाल, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, शिक्षा समन्वय ईकाई प्रमुख मोहन राईलगायतको उपस्थिति रहेको थियो ।