इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्पुर्ण हुने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले कर्पाेरेट फुटसल बास आयोजना गर्ने भएको छ ।

 प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा शारिरिक र मानसिक तनाव स्वास्थ्य र भाइचार सम्वन्धका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सन्तोष आचार्यले जानकारी गराएका हुन।IMG_20230217_164943

 पत्रकार सम्मेलनमा प्रदेश नम्बर १मा रहेका विभिन्न बैंक ,व्यवसायिक प्रतिस्ठान , नेपाल युवा उद्यमी मञ्च लगायतका १४ वटा टिमको प्रतियोगितामा सहभागिता रहने जानकारी गराइयो । प्रतियोगिताको उदघाटन सत्र यही फागुन ६ गते पाथिभरा फुटसल काव्यवाटिकामा हुने पत्रकारहरुलाई जानकारी गरायो ।IMG_20230217_164749 दुई दिन सम्म चल्ने प्रतियोगिताका प्रमथ हुने टिमलाई एक लाख नगद शिल्ड प्रमाण पत्र र दोस्रो हुने टिमलाई ४० हजार नगद शिल्ड प्रमाण पत्र वितरण गरिने समेत जनाइयो । पत्रकार सम्मेलनमा मञ्चका प्रथम उपाध्यक्ष चन्द्र देवकोटा , द्धितिय उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ , निवर्तमान अध्यक्ष कुमुद निरौला लगायतले प्रतियोगिताका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।