धनकुटा  ।  स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ शहिद राकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा शहीद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता धनकुटामा सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकाको खेलाडिहरूले चौविसे गाउँपालिकाको टिमलाई २ ÷० गोलको अन्तरले पराजीत गर्दै उक्त प्रतियोगिाताको उपाधी धनकुटा नगरपालिकाले हात पारेको छ । 

चौविसे गाउँपालिका भर्सेस छथर जोरपाटी गाउँपालिकाको पहिलो खेलबाट शुरू गरिएको प्रतियोगिताको अन्तिम दिन चौविसे गाउँपालिका र धनकुटा नगरपालिकाका खेलाडि विच भएको प्रतियोगितामा धनकुटा नगरपालिकाका विजेता खेलाडिले नगद ६० हजार र उपविजेता चौविसे गाउँपालिकाका खेलाडिहरूले ३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 325429679_3017124915258314_8559890822827507364_n

जिल्ला स्थित सातै पालिका धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका, सहिदभूमि,  गाउँपालिका, छथरजोरपाटी गाउँपालिका, चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका र धनकुटा जिल्ला फुटबल संघ धनकुटाको प्राविधिक सहयोगमा उक्त चारदिने प्रतियोगिता सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष ईश्वर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

२०७४ सालमा स्थापना भएको यस प्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न कार्यक्रमका साथमा फुटबल प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ ।330403981_3191056027862496_8035118450466463269_n

खेलबाट कसरी रोजगार र स्वास्थ्य हुन सकिन्छ भन्दै अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने एउटा माध्यम खेल रहेको बताउदै खेलबाटै देश र राष्ट्रलाई चिनाउन सकिने भएकाले महिला फुटबल सञ्चालन गरेको प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्गले बताउनु भयो । 

महिला दिदिबहिनिहरूलाई चुल्हो र चौकोमा मात्र सिमित नराखि विभिन्न कार्यक्रममा अगाडि बढाउन सकेमा देश विकास सम्भव रहेको धनकुटा नगरपालिकाका उपप्रमुख भिमा खनालले जानकारी दिनुभयो । 330179318_942677393560336_3281419936905432179_n

कुसुम सिपविकास प्रशिक्षण केन्द्रकि अध्यक्ष कुसुम रानाले महिला खेलाडिको उच्च मुल्यांकन गर्दै खेलाडीलाई प्रोत्साहन स्वरूप विजेता र उपविजेतालाई एकएक थान फुटबल प्रदान गरेको जानकारी दिनुभयो ।

प्रतियोगिताको फाईनलमा उध्योग वाणिज्यसंघले खेलाडिलाई जर्सि वितरण गरेको छ । सात पटक गोल लगाउने धनकुटा नगरपालिकाकी खेलाडि बिर्सना चौधरी सर्वाधिक गोलकर्ता बन्नुभयो । भने धनकुटानगर कै तीर्थकुमारी लिम्बुलाई ओमन अफ दी म्याच घोषणा गरिएको छ ।IMG20230209171939

विजयी टिम तथा उत्कृष्ट खेलाडीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, चौविसे गाउँपालिकाका अधयक्ष राजकुमार चेम्जुङ्ग, आयोजकप्रतिष्ठानका अध्यक्ष ईश्वर बहादुर श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । IMG20230209171259