इटहरी । इटहरी २० स्थित किड्स ह्याप्पी होमले वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागी खेलकुद साथै मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गरेको छ । 

अध्ययन अध्यापन साथै अतिरिक्त क्रियाकलापमा पनी विद्यार्थीहरुलाइ अग्रसर गराउने उद्येश्यले विद्यालयले प्ले ग्रुप देखी कक्षा ५ सम्मका विद्यार्थीहरुका लागी खेलकुदका कार्यक्रमको आयोजना गरेको हो । 

खेलकुदका गतीवीधीहरुमा तेक्वान्दो,कबड्डी, डोरी तान ,दौड लगायत प्रतीयोगीताहरुमा विद्यालयका २ सय १० विद्यार्थीहरुको सहभागीता रहेको थियो ।WhatsApp Image 2023-02-03 at 17.46.33

 साथै प्रतियोगीतामा प्रथम द्धितीय तृतीय हुने विद्यार्थीहरुलाइ प्रमाण पत्र,मेडल वितरण गरिएको थियो भने विद्यार्थीका अभिभावकहरुलाइ पनी मनोरञ्जनका लागी म्युजिकल चेयर प्रतीयोगीता गराइएको थियो । विद्यालयकी प्रधानाध्यापक रिता आचार्य भुसालको अध्यक्षता तथा सुनसरी जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रभु ढकालको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नम्बर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठ,नेपाल पबकार महासंघका केन्द्रीय सदस्य अमर खड्का,तरहरा जेसीसका अध्यक्ष बहादुर तामाङ,रेडक्रस सोसाइटी तरहराका सभापती सुमन दाहाल लगायतका अतीथीहरुको सहभागीता रहको थियो । कार्यक्रममा प्रधानाध्यापक,शिक्षक लगायतले विद्यार्थीहरुलाई खेलमा सहजीकरण गरका थिए ।WhatsApp Image 2023-02-03 at 17.46.51