इटहरी । ब्लेस तेक्वाण्दो डोजङ इटहरीले आयोजना गरेको तेस्रो नगर स्तरिय अन्तर विद्यालय तेक्वाण्दो प्रतियोगितामा आयोजक विद्यालयको डोजाङ प्रथम बन्न सफल भएको छ ।

    इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका १२ वटा विद्यालयका तेक्वाण्दो डोजङको सहभागिता रहेको प्रतियोगितामा ब्लुमिङ डोजाङ ६ गोल्ड र १ सिल्भर मेडल सहित प्रथम वन्न सफल भएको हो ।

   चन्द्र मेमोरियल तेक्वाण्दो डोजाङ ५ गोल्ड र ७ सिल्भर मेडल प्राप्त गर्दै दोस्रो वन्न सफल भएको छ भने ५ गोल्ड र १ सिल्भर मेडल सहित वुढीगंगा तेक्वाण्दो डोजाङ तेस्रो भएको छ ।IMG_20230128_165059_1

प्रतियोगिता अन्तरगत बेष्ट फाइटर ब्याइज तर्फ केजश रिजाल र गल्स तर्फ मइता श्रेष्ट वनेकी छन । त्यसै गरी पम्न्से तर्फ बेष्ट फाइटर ब्याइज सुगम पोखरेल र गल्स तर्फ जेनिशा पौडेल घोषित भएका छन ।

ज्ञानु विश्वकर्मा निणार्यकका रुपमा रहेका थिए ।    ब्लेस तेक्वाण्दो डोजङका अध्यक्ष आकास चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ वडाध्यक्ष भिष्मकुमार घिमीरेको प्रमुख आतिथ्य रहेको  तेस्रो नगर स्तरीय विद्यालय तेक्वाण्दो प्रतियोगिता समापान कार्यक्रममा तेक्वाण्दो कोच हरि बुढाथोकी , समाजसेवी पदम अधिकारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो  ।