इटहरी ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट अन्तर्गत हिसान फुटबलको उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ । इटहरी रगंशालामा माघ ७ गते बाट सुरु भएको खेल शुक्रबार सम्पन्न फाइनल खेलमा ज्ञानदर्पण स्कूल इटहरीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै धरान मेघाले उपाधी जितेको हो । 

         इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा धरान मेघालाई उपाधी जिताउन शेखर कुवरले २ तथा अंकित थापा र सुगम जीमीले एक एक गोल गरे । फाइनल खेलको म्यानअफ द म्याच धरान मेघाका सुगम जीमी घोषित भए । IMG_20230127_174127प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी धरान मेघाकै सुभाष मगर, करण कामत बेष्ट डिफेन्स, राजीव खड्का बेष्ट गोल किपर, शेखर कुवर बेष्ट फरवार्ड, हेम गुरुंग बेष्ट कोच घोषित भए । ज्ञान दर्पण इटहरीका रोदन राई बेष्ट मिडफिल्डर र हाइस्कोरर धरान मेघाका अंकित थापा र शेखर कुवंर घोषित भए । उनीहरु दुबै जनाले प्रतियोगितामा ६–६ गोल गरेका थिए । IMG_20230127_173805

        यस्तै शुक्रबार नै सम्पन्न भएको तेस्रो स्थानको खेलमा नमुना कलेज इटहरीले कस्तुरी कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै हिसान आबद्ध स्कूल स्तरिय स्पोर्ट्स मिट अन्तर्गतकै फुटबलको उपाधी लर्डबुद्ध स्कूल झुम्का च्याम्पियन बनेको छ । इटहरी रंगशालामै शुक्रबार सम्पन्न फाइनलमा कोशी सेन्टजेम्स स्कुल इटहरीलाई सडेन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

            बिजेता तथा उपबिजेता खेलाडीहरलाई एन्फा मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राई, सुनसरी अध्यक्ष नबिन राई, हिसान केन्द्रिय सदस्य बलराम पन्त, सुनसरी अध्यक्ष सागरप्रसाद भटराई लगायतले शिल्ड तथा प्रमाणपत्र बितरण गरे । सुवास लुइटेलको सम्योजकत्वमा भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्ध दुई दर्जन शिक्षालयको सहभागिता रहेको थियो ।