इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा आज बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो ।

प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो ।IMG_20230125_135324 कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए । सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य पछ्याएको कस्तुरी कलेजले ८ दशमलव ३ बलमा ३ बिकेट गुमाउदै लक्ष्य भेटाएको थियो । कस्तुरी कलेजको लागि म्यानअफ द म्याच अनुराग खत्रीले नटआउट १७ र सुमन मगरले १६ रनको पारी खेले । बिपन पोखरेलले १५ र आर्यन राईले ९ रन जोडे ।IMG_20230125_123833

  प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा बेष्ट बलर कस्तुरीका अनुराग क्षेत्री र उत्कृष्ट ब्याष्टमेन सुष्मा कलेजका अनोज पाठक घोषित भए । माघ ९ गतेबाट सुरु भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्ध ८ वटा कलेजहरुको सहभागिता रहेको थियो ।IMG_20230125_133619 प्रतियोगिताका बिजेताहरु लाई हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराई ,हिसान केन्द्रिय सदस्य मुकुन्द घिमिरे , हिसान प्रदेश एक वरिष्ठ उपाध्यक्ष  गणेश दुलाल कस्तुरी कलेजका प्राचार्य कम्लेश शर्मा पौडेल लगायतले  ट्रफि,मेडल र प्रमाणपत्र  वितरण गरेका थिए । प्रतियोगिता अनन्त सुबेदीको संयोजनमा भएको थियो ।