इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत हिसान भलिवल प्रतियोगितामा पुरुष तर्फ विश्वआर्दश कलेज र महिला तर्फ पनि विश्वआर्दश कलेजलेका विद्यार्थी  विजयी भएका छन ।

 पूर्वाञ्चल स्कुलको खेल मैदानमा भएको फाइनलमा पुरुष तर्फ विश्वआर्दशले विश्वआर्दश कलेजले मेघा कलेजलाई हराउदै विजयी भएको हो । त्यसै गरी महिला तर्फ विश्वआर्दश कलेजले नै पूर्वाञ्चल कलेजलाई हराउदै विजयी भएको छ ।

 पुरुष तर्फको फाइनलमा विश्वआर्दशले सोझो सेटमा मेघालाई हराएको थियो भने महिला तर्फ पनि विश्वआर्दशले नै सोझो सेटमै पुर्वाञ्चललाई हराएको थियो । हिसान स्पोष्ट मिट अन्तरगतको भलिवलको संयोजक विशाल कार्कीको अध्यक्षतामा भएको थियो  भने हिसान प्रदेश नम्बर १का वरिष्ठ उपाध्यक्ष गणेश दुलालको प्रमुख आतिथ्य रहेको भलिवलको समापन कार्यक्रममा विजयी विखर्थीखेलाडीलाई मेडल ,ट्रफि र प्रमाण पत्र वितरण गरियो ।