इटहरी । गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा दक्षता प्रदान गर्ने उद्धेश्यले विद्यार्थीका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विश्वआर्दश एकेडेमीले यस वर्ष पनि  वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विगत ६ वर्ष देखि विश्वआर्दश एकेडेमीले वार्षिक कार्यक्रमहरु आयोजना गर्दै आए अनुसार यस वर्ष पनि विभिन्न प्रतियोगिता सहित खेलकुदका गतिविधिहरु सञ्चालन गरेको हो ।  शैक्षिक तथा खेलकुदका प्रतियोगितात्मक कार्यक्रमहरु सहितको वार्षिक कार्यक्रमको समापन कार्यक्रम इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य तथा विश्वआर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा समपन्न भएको थीयो । कार्यक्रममा वार्षिक कार्यक्रम अन्तरगत भएका शैक्षिक , खेलकुद लगायत अतिरिक्त कार्यक्रमका विजेता विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख पौडेल लगायतले पुरस्कार ,मेडल , ट्फि प्रमाण पत्र प्रदान गरेका थिए ।vlcsnap-2023-01-22-17h07m03s702 विश्वआर्दश एकेडेमीले वि.स..२०७४साल देखि शैक्षिक साथै खेलकुद र अन्य अतिरिक्त कार्यक्रम समावेश गरेर वार्षिक विद्यार्थीको सहभागितामा कार्यक्रम गर्दै आएको र यस वर्ष नर्सरी देखि कक्षा १० सम्मका एक हजार वढी विद्यार्थीको सहभागिता रहेको एकेडेमीका प्राचार्य गणेश दुलालले जानकारी दिएका छन । कार्यक्रममा १नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतो , गोरखापत्र संस्थानका सञ्चाक समिति सदस्य सचिन पोखरेल , नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।