इटहरी ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत  हिसान रनको पाँच किलोमिटर दौउडमा नमुना कलेजका सरोज सिहं प्रथम भएका छन ।

   हिसान स्पोट्स २०७९ अन्तरगत इटहरीमा भएको हिसान रनमा सिहंले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरि प्रथम वन्न सफल भएका हुन । त्यसै गरी सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्ड र  धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी तय गर्दै क्रमशः दोस्रो र तेस्रो वनेका छन ।

      हिसान रन अन्तरगत नै  छात्रातर्फ धरान आदर्शकी आयुषा लिम्बु प्रथम भइन  भने कस्तुरी कलेजकी इशा यादव दोस्रो र हिमशिखर स्कूलकी तनुजा थापामगर तेस्रो बन्न सफल भइन । प्रथम हुने  लिम्बुले २० मिनेट ४० सेकेण्ड , द्धितिय हुने यादवले २० मिनेट ५४ सेकेण्ड र तृतिय हुने थापामगरले २१ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पुरा गरेका हुन ।  IMG_20230120_082232

  हिसान रन अन्तरगत छात्र तथा छात्रा दुवै समुहका प्रथम ,द्धितीय र तृतिय हुने विद्यार्थी खेलाडिलाई क्रमशः  १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार ट्रफि , प्रमाण पत्र प्रदान गरियो ।IMG_20230120_075656_1

हिसान रनको पाँच किलोमिटरमा  विजेता हुने विद्यार्थीखेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल , अतिथीहरु प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतो, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल,हिशान सुनसरी अध्यक्ष सागरप्रसाद भट्टराई लगायतका अतिथीहरुले  पुरस्कार वितरण गरेका थिए   ।vlcsnap-2023-01-20-15h21m55s116

सुवास लुइटेलको संयोजकत्वमा भएको हिसान रनको पुरस्कार वितरण समारोहमा हिसान स्पोट्स मिटका मुल समारोह संयोजक हेमन्त भण्डारी , हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमीरे केन्द्रीय सदस्य मुकुन्द घिमीरे प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश दुलाल जिल्ला सल्लाहकार कमलेश शर्मा पौडेल ,सुषमा गोदावरी कलेजका अध्यक्ष राजेश श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।  हिसान सुनसरीले विगत ९ वर्ष देखि हिसान स्पोट्स मिट सञ्चालन भई रहेको छ । vlcsnap-2023-01-20-15h23m02s688