सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा सात जनाको उमेद्वारी परेको छ । पौष २३ गते हुने निर्वाचनका लागि समाजको अध्यक्षका लागि सात जनाले उमेद्वारी दिएका छन् । २५ जनाको कार्य समिति रहने समाजका लागि अध्यक्षमा प्रतिष्ठानकै कर्मचारी किशोर पोखरेल, मदन हलुवाई, महेश्वर राई, सञ्जिव कर्ण, भुपध्वज बुढाथोकी, किरण भट्टराई र कविता ढकालको उमेद्वारी परेको छ । यसैगरी बरिष्ठ उपाध्यक्षमा सात जनाको उमेद्वारी परेको छ । आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासीहरुमा विगत ६ महिनादेखि कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका किशोर प्रसाद पोखरेल, सञ्जिव कर्ण, महेश्वर राई र कविता ढकालको नाम प्रमुख रुपमा अगाडि आएको छ । निर्वाचन प्रक्रिया अनुसार यही पौष १४ गते नोमिनेशन, पौष १६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । निर्वाचन समितिका अध्यक्ष प्रकाश श्रेष्ठले जारी गरेको सूचना अनुसार प्रतिष्ठानमा तीन फ्याकल्टी प्रशासनिक, नर्सिङ र पारामेडिसिनका जम्मा १ हजार ३ सय २६ जना मतदाता रहने छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजको विगत ७ बर्षदेखि निर्वाचन हुन सकेको थिएन । यस भन्दा अगाडि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उमेश थापाले प्रतिष्ठानको सेवाबाट  राजीनामा दिएपछि विगत ६ महिनादेखि कार्यवहाक अध्यक्षको रुपमा किशोर प्रसाद पोखरेलले जिम्मेवारी सम्हाल्दै थिए । अध्यक्षका प्रत्यासीहरुको मतदाताहरु बीचमा गरिने प्रतिबद्धता प्राय ः एकै प्रकारको भए पनि  पोखरेलको प्रतिबद्धता फरक रहेको देखिएको छ । 

किशोर प्रसाद पोख्रेलको समर्थकमा अन्य उमेद्वारको भन्दा बढी समर्थक भएको पाइएको छ । यस पटक जसरी भएपनि पोखे्रलले जित्नुपर्ने उनीहरुको भनाई छ ।विगतमा प्रतिष्ठानले समेत वैधानिकता नदिएको बीपी भित्रका संघसंगठनलाई २०७२ को सिनेट बैठकले प्रतिष्ठानका तीन वटा संगठनलाई वैधिनिकता दिएको छ । प्रतिष्ठानमा यसभन्दा अगाडि २०६२÷०६३ को आन्दोलनपछि तदर्थ समिति गठन भएको थियो भने २०६४ र ०६६ मा क्रमशः पहिलो र दोस्रो पटक निर्वाचन भएको थियो । तर सिनेटले मान्यता दिएर नियमावली संशोधन गरेपछिको पहिलो निर्वाचन भएकोले निर्वाचिन पदाधिकारी विगतको भन्दा सशक्त हुने देखिएको छ ।as