इटहरी । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने भएको छ ।

  नेपाल क्रिकेट संघ काठमाडौंको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा इटहरीका जनता क्रिकेट पार्कमा हुने जनाइएको हो ।

   सात वटै प्रदेशका महिला क्रिकेट टिमको सहभागिता रहने साथै सशस्त्र प्रहरीको एपिएफ क्लवको समेत प्रतियोगितामा सहभागिता रहने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा लिग र नकआउटका आधारमा खेल खेलाइने, २०ओभरको खेल हुने र आइसिसी को नियम अनुसार खेल खेलाइने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सिपीले जानकारी दिए । प्रतियोगिता अवघि भर १८ वटा खेल हुने तथा विजेता ,उप विजेता ,म्यान अफ द सिरिज ,सर्वाेत्कृष्ट ब्याट्स म्यान ,सर्वाेत्कृष्ट बलरलाई पुरस्कार तथा ट्रफि प्रदान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक विप्लव घोष , नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिहंले पनि प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको समेत उपस्थिती रहेको थियो ।