इटहरी । गरिबीको रेखा मुनी रहेका महिलाहरुसम्म स्वास्थ्य परिक्षणको पहुच विस्तार गर्ने उद्धेश्यले  मातृशिशु महिला बचत तथा ऋण सहकारी संस्थाले १ दिने निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । पाठेघरको समस्याबाट कोही पनी महिलाहरुले अकालमै ज्यान गुमाउन नपरोस भन्ने हेतुले पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । पाठेघर समबन्धी समस्याको उपचार गराउन महिलाहरु सम्बन्धित स्थानमा नपुग्ने गरेको तर्फ मध्यनजर गर्दै शिविरको आयोजना गरिएको जनाइएको छ । 

इटहरी ४ स्थित संस्थाको कार्यलयमा आयोजित शिविरमा नि ः शुल्क भिडियो एक्सरे, औषधी बितरण गरिएको थियो ।

सामुदायिक अस्पताल हलगडा इटहरीको प्रावीधिक सहयोग रहेको अतिरिक्त टेस्ट गराउन परेको खण्डमा अस्पतालले नै ५० प्रतिसत छुटमा गरिदिने व्यवस्था रहेको थियो । 

पाठेघरको समस्याबाट कुनैपनी महिलाले अकालमा ज्यान गुमाउन नपरोस भनेर शिविरको आयोजना गरिएको संस्थाकी कोषाध्यक्ष लोकमाया तामाङले जानकारी दिइन । 

उनले नेपालका धेरै महिलाहरुमा पाठेघरको समस्याबाट ग्रसित रहेकाले सरकारले पनी यस प्रकारका कार्यक्रमहरु गर्नुपर्ने उनको भनाइ छ । 

शिविरमा गाइनोकोलोजिस्ट डाक्टर राम विस्वेस्वर शाह,श्रद्धा श्रेष्ठ,सविना लामिछाने,रेडियोलोजिस्ट डाक्टर सरोज चौधरी र फिजिसियन बिक्रम गुप्ताले परिक्षण गरेका थिए । उक्त शिविरबाट २०० बढी महिलाहरुले सेवा लिएका थिए ।