इटहरी । विज्ञान विषयमा विद्यार्थीहरुको आकर्षण वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले आयोजना गरेको  साइन्स ओलम्प्याड तेस्रो संस्करणको विजेता ब्राइटफ्युचर सेकेण्डरी स्कुल इटहरीका चिमेश गौतम वन्न सफल भएका छन ।

       सुनसरी र मोरगंका ७० विद्यालयहरुका २सय विद्यार्थीले विभिन्न चरणमा सहभागिता जनाएको साइन्स ओलम्प्याडमा गौतम प्रथम बनेका हुन ।

      विद्यार्थीहरुलाई विषयगत अध्ययन पाढयपुस्तकको ज्ञानको अतिरिक्त अन्य धेरै अवसर प्राप्त गर्न सकिएको खण्डमा विद्यार्थीले आफना क्षमता प्रस्फुटन गर्न सक्छन त्यसैले सुषमा गोदावरी कलेजले सुनसरी र मोरगंका विद्यालयहरुको सहभागितामा साइन्स ओलम्प्याड सञ्चालन गर्दै आएको कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए ।WhatsApp Image 2022-12-25 at 5.44.24 PM

सुषमा गोदावरी कलेजले आयोजना गरेको साइन्स ओलम्प्याडको तेस्रो संस्करणमा माउण्ट एभेरेष्ट सेकेण्डरी स्कुल डाँगीहाटका जमसेद अली दोस्रो र माउण्ट मकालु सेकेण्डरी स्कुल गछियाका अपर्ण घिमीरे तेस्रो वन्न सफल भए । प्रथम ,द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमशः १५हजार नगद , १०हजार नगद ,५ हजार नगद सहित प्रमाण पत्र र ट्रफि प्रधान गरियो ।WhatsApp Image 2022-12-25 at 5.44.23 PM (1)

त्यसै गरी उत्कृष्ट १३ मा पर्ने अन्य विद्यार्थीहरुलाई जनहि एक हजार नगद ,प्रमाण पत्र प्रदान गरियो । उत्कृष्ट वन्न सफल विद्यार्थीहरुलाई सुषमा गोदावरी कलेजका अध्यक्ष राजेश श्रेष्ठ , निर्देशक पेशल पोखरेल तथा अन्य शैक्षिक संस्थाबाट सहकारी शिक्षकहरुले प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।WhatsApp Image 2022-12-25 at 5.44.17 PM (2)

साइन्स ओलम्प्याडमा सुनसरी र मोरगंका ७०  विद्यालयका २सय विद्यार्थीहरुको सहभागीमा रहेको थियो भने फाइनल चरणमा १सय २५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।