इटहरी ।  महिनावारी भएको समयमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड आफैले बनाएर प्रयोग गरे सुरक्षित हुने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा स्यानिटरी प्याड वनाउने तालिम   सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर १ ले महिला स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै महिलाहरुका लागि तीन दिने स्यानिटरी प्याड वनाउने तालिम सञ्चालन गरेको हो ।

 आफैले वनाएर पटक पटक प्रयोग गर्न मिल्ने कपडाको स्यानिटरी प्याड वनाउने तालिम वडा कार्यालयको तर्फबाट सञ्चालन गरिएको तालिमकी सहजकर्ता सुनिता हुमागाईले जानकारी दिइन । उनले घरेलु रुपमा आफैले कपडाको वनाएर प्रयोग गर्न आधुनिक तरिकाले तयार पारिने स्यानिटरी प्याडले महिलाको स्वास्थ्य सुरक्षामा समेत सहयोग पुर्याउने वताइन ।

वडा क्षेत्रका १सय ५० जना महिलाहरुको सहभागिता रहेको तालिममा स्यानिटरी प्याड प्रयोगको महत्व देखि लिए र वनाउने तरिकाहरु समेत सिकेको सहभागीहरु वताउछन । तालिममा सहभागी उर्मिला विष्टले आफैले वनाएर आफैले प्रयोग गर्ने हुँदा राम्रे र आधुनिक तरिकाले वनाइने हुँदा सुरक्षित हुने वताईन । उनले राम्रो र सुरक्षीतका साथै बाहिरबाट किन्ने भन्दा सस्तो पर्ने भएकाले पैसा वचत समेत हुने हँुदा तालिम प्रभावकारी लागेको जानकारी दिइन ।vv 1

त्यसै गरी महिलाहरुलाई आवश्यक हुने स्यानिटरी प्याड महिला स्वास्थ्य सुरक्षा गर्ने हुँदा तालिम आफुहरुका लागि लाभदायक भएको अर्की सहभागी एलिना चौधरी वताउछिन । उनले आफैले वनाएर प्रयोग गर्ने प्याडले महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि  समेत महत्वपुर्ण हुने जानकारी दिइन ।

पछिल्लो समयमा बजारमा किन्न पाइने क्यामिकल प्रयोग गरिने स्यानिटरी प्याड भन्दा आफैले वनाउने कपडाका प्याड महिला स्वास्थ्य सुरक्षाका लागि राम्रो हुने साथै कम खर्चमा धेरै पटक प्रयोग गर्न सकिने स्यानिटरी प्याड आफैले वनाउन सकिने भएका कारण तालिम लिने महिलाहरुको संख्या वढी रहेको छ । इटहरी वडा नम्बर १मा यही पुष ३ गते देखि सुरु भएको स्यानिटरी प्याड वनाउने तालिम कार्यक्रम संयोजक तथा वडा सदस्य विष्णुमाया नेपालीको अध्यक्षतामा सञ्चालन भएको थियो ।