इनरुवा । प्रतिनिधिसभा तर्फ सुनसरीको क्षेत्र नम्बर ४ बाट  जित निकाल्दै काँग्रेसलाई जिल्लामा प्रतिनिधिसभा सदस्यमा निल हुनबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जोगाएका छन ।

    नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री समेत रहेका काँग्रेसका प्रभावशाली नेता कार्कीले नेकपा एमालेका नेता जगदिशप्रसाद कुसियतलाई एक सय १२ मतले पछि पार्दै जिल्लामा काँग्रेसको साख जोगाएका हुन ।

  कार्कीले ३०हजार ४सय ८३ मत पाउदा प्रदेश नम्बर १का पुर्व वन मन्त्री समेत रहेको एमाले नेता कुसियतले ३०हजार ३सय ७१ मत मात्र पाए।  कार्की निर्वाचित भएपछि उत्साहित वनेको काँग्रेसले विजयी जुलुस निकालेको छ ।vlcsnap-2022-12-01-16h53m40s766

    प्रथम जनआन्दोलन २०४६ सालपछिका संसदीय निर्वाचनमा बहुमत क्षेत्रबाट निर्वाचन जित्दै आएको काँग्रेस यस पटक भने सुनसरीमा कमजोर सावित भएको छ । २०७४सालको निर्वाचनमा नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ जम्मा २३ जित्दा समेत तीन वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेकोमा यस पटक क्षेत्र नम्बर ४बाट मात्र प्रत्यक्षमा प्रतिनिधित्व गर्ने भएको छ । त्यसो त मधेश आन्दोलनपछि भएको २०६४सालको निर्वाचनमा जिल्लामा काग्रेसले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेको थिएन । त्यस समयमा काग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम गएर जितेका थिए । त्यस समय यता काँग्रेस जिल्लामा कम्जोर बनेको यस पटक हो । यस अघि २०७४सालमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभा तर्फ ३ र प्रदेशसभा तर्फ ५ वटामा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो ।