प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आइसकेको छ । अन्य ८ वटाको अन्तिम मतपरिणाम आउन बाँकी रहँदा एउटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु नै भएको छैन ।

अधिकांश प्रदेश निर्वाचन क्षेत्रको मत परिणाम आइसक्दा प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धनलाई बहुमत पुग्न निक्कै सकस देखिएको छ । उता, एमालेले नेतृत्व गरेको गठबन्धनलाई पनि सरकार बनाउन सकस देखिन्छ । प्रत्यक्षमा बहुमत सिट जित्ने अवस्थामा रहेको एमाले समानुपातिक मतमा पनि पहिलो स्थानमा छ ।

सुनसरी ३ (२) गणना हुन बाँकी रहँदा एमाले एक्लैले २१ मा विजयी भइसकेको छ भने अझै ४ वटामा अग्रता कायम राखेको छ । दोस्रो स्थानमा रहेको सत्ता गठबन्धनको पहिलो दल नेपाली काँग्रेस भने हालसम्म १२ वटामा विजयी हुँदा ४ वटामा मात्रै अग्रता लिएको छ । उता सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रले ९ वटामा विजय हासिल गरेको भने नेकपा एसले ३ वटामा जित हासिल गरेको छ । एमाले गठबन्धनमा रहेको राप्रपाले २ वटामा विजय हासिल गरेको छ ।

प्रारम्भीक अग्रता अनुसार नै जित हुने र मतगणना नभएको सुनसरी ३ (२) मा पनि एमालेले जित हात पार्ने हो भने सत्ता गठबन्धनलाई बहुमत पुर्याउन निक्कै हम्मे पर्ने देखिन्छ । अग्रता अनुसार प्रत्यक्षमा जितको अवस्था हेर्दा एमालेले २५ र राप्रपाको २ जोड्दा सो गठबन्धनलाई २७ सिट प्राप्त हुन्छ । यस्तै सत्ता गठबन्धन दल नेपाली काँग्रेसको १६, माओवादीको ९ र नेकपा एसको ३ वटा जोड्दा २८ वटा पुग्छ । सुनसरी ३ (२) को जित सत्ता गठबन्धनको भए २९ हुँदा एमालेले जितेको खण्डमा सो गठबन्धनको पनि प्रत्यक्षतर्फ बराबर नै सिट २८ पुग्नेछ ।

अब समानुपातिक मत र सम्भावित सिट संख्या हेरौं

यो समाचार तयार पार्दासम्म एमालेले समानुपातिक तर्फ प्रदेश १ मा सबैभन्दा बढी ३ लाख ४४ हजार १७२ मत ल्याएको छ । यस्तै नेपाली काँग्रेसले २ लाख ९८ हजार ६ सय मत ल्याएको छ । प्रत्यक्षमा तेस्रो स्थानमा रहेको माओवादीलाई समानुपातिक मतमा उछिन्दै राप्रपा १ लाख ४ हजार ९० मतका साथ तेस्रो स्थानमा छ । यस्तै १ लाख ५६२ मतका साथ माओवादी केन्द्र चौथो, ४१ हजार ५६७ मतका साथ जसपा पाँचौ, ३० हजार १५० मतका साथ नेकपा एस छैठौं र १४ हजार ८३६ मतका साथ जनमत पार्टी सातौं स्थानमा छ । प्रदेश संसदमा सहभागी हुनका लागि १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाउनु पर्छ । अन्य पार्टीहरुको मत १ दशमलव ५ प्रतिशत कटेको.छैन । उनीहरुको मत पनि थ्रेस होल्ड कटाउने दलहरुलाई भाग लाग्दा सबै दलको मत प्रतिशत केही बढ्छ । त्यही आधारमा समानुपातिक ३७ सिट विभाजन गर्दा पनि एमाले–राप्रपा–जसपा गठबन्धनले बढी सिट पाउने सम्भावना देखिन्छ । समानुपातिक मतका आधारमा दलहरुलाई आउने सम्भावित सिट संख्या यस्तो हुनसक्छ ।

अनुमातिन सिट संख्यामा एमालेले नेतृत्व गरेको गठबन्धनको सिट ४६ पुग्ने देखिन्छ । यस्तै सत्ता गठबन्धनको सिट ४५ पुग्ने अनुमान छ । सिके राउतको जनमत पार्टीको समर्थन र सुनसरीको ३ (२)को मत परिणामले प्रदेश १ सरकार बनाउन भ्यागुताको धार्नी पुग्ने देखिन्छ । सुनसरी ३ (२) एमालेले जित्ने र जनमतको समर्थन पनि उसैलाई भएको खण्डमा स्वतः उसैको नेतृत्वमा सरकार बन्ने आधार प्रष्ट देखिन्छ । अघिल्लो संसदमा प्रदेश १ को संसदमा ६ वटा दलको उपस्थिति थियो । जसमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपा थिए । यस पटक भने दलको संख्या बढ्ने संकेत गरेपछि पहाडी क्षेत्रमा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको मत कम आउने हुँदा उक्त पार्टी रिङ आउट हुन सक्छ । यसले पनि ९३ सिटमध्ये १ सिटको अंकमा तलमाथि पर्न सक्छ ।

नेकपा एमाले विजयी भएको र अग्रता लिएका क्षेत्रहरू

१) पाँचकर्ण राई, खोटाङ १ (विजयी)
२) जयप्रकाश चौधरी, मोरङ ४ (१) (विजयी)
३) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १ (विजयी)
४) रामबहादुर राना, इलाम २ (२) (विजयी)
५) विदुरकुमार लिङ्थेप, संखुवासभा २ (विजयी)
६) तिलचन पाठक, झापा २ (२) (विजयी)
७) छविलाल चुँडाल, झापा ३ (२) (विजयी
८) राधाकृष्ण खनाल, झापा ४ (१) (विजयी)
९) हिक्मतकुमार कार्की, झापा ५ (१) (विजयी)
१०) होमबहादुर थापा, झापा ५ (२) (विजयी)
११) एकराज कार्की, झापा २ (१) (विजयी)
१२) इन्द्रमणि पराजुली, धनकुटा २ (विजयी)
१३) उमाकान्त गौतम, मोरङ १ (१) (विजयी)
१४) लिलाबल्लभ अधिकारी, मोरङ २ (२) (विजयी)
१५) निरन राई, धनकुटा १ (विजयी)
१६) रेवती रमण भण्डारी, सुनसरी २ (१) (विजयी)
१७) बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु २ (विजयी)
१८) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १ (विजयी
१९) ज्ञानेन्द्र सुवेदी, मोरङ ३ (२) (विजयी)
२०) रमेशकुमार बस्नेत, सुनसरी १ (१) (विजयी)
२१) रोहितबहादुर कार्की, सुनसरी ३ (१) (विजयी)
२२) खड्गबहादुर बस्नेत, मोरङ १ (२) (अग्रता)
२३) विजयकुमार राई, सुनसरी १ (२) (अग्रता)
२४) रामप्रसाद महतो, सुनसरी २ (२) अग्रता
२५) किशोर चन्द्र दुलाल, तेह्रथुम १ (अग्रता)

नेपाली काँग्रेस विजयी भएको र अग्रता लिएका क्षेत्रहरू

१) भुपेन्द्र राई, खोटाङ २ (विजयी)
२) प्रदिपकुमार सुनुवार, ओखलढुंगा १ (१) (विजयी)
३) गोपाल तामाङ, झापा १ (१) विजयी
४) रामकुमार खत्री, उदयपुर २ (२) (विजयी)
५) मानबहादुर लिम्बू, मोरङ ३ (१) (विजयी)
६) गयानन्द मण्डल, मोरङ ५ (१) (विजयी)
७) खगेन सिंह हाङ्गाम, ताप्लेजुङ २ (विजयी)
८) भूमि प्रसाद राजवंशी, झापा ३ (१) (विजयी)
९) सन्तोष सुब्बा, तेह्रथुम १ (विजयी)
१०) विनोद राई, भोजपुर २ (विजयी)
११) भीम पराजुली, मोरङ ४ (२) (विजयी)
१२) अमृत अर्याल, मोरङ ५ (२) (विजयी)
१३) सदानन्द मण्डल, सुनसरी ४ (१) (अग्रता)
१४) इसाइल मन्सुरी, सुनसरी ४ (२) (अग्रता)
१५) हिमाल कार्की, उदयपुर १ (२) (अग्रता)
१६) गोविन्द गिरी, इलाम २ (१) (अग्रता)

माओवादी केन्द्र विजयी भएको क्षेत्रहरू

१) इन्द्रबहादुर आङ्बो, पाँचथर २ (विजयी)
२) बाबुराम गौतम, ओखलढुंगा १ (२) (विजयी)
३) नारायण बहादुर मगर, उदयपुर २ (१) (विजयी)
४) राजेन्द्र कार्की, संखुवासभा १ (विजयी)
५) दुर्गाप्रसाद चापागाईं, तेह्रथुम २ (विजयी)
६) गणेशप्रसाद उप्रेती, मोरङ २ (१) (विजयी)
७) गोम्बु शेर्पा, सोलुखुम्बु १ (विजयी)
८) जीवन आचार्य, मोरङ ६ (१) (विजयी)
९) राजन किराँती, उदयपुर १ (१) (विजयी

नेकपा एस विजयी भएको क्षेत्र

१) राजेन्द्रकुमार राई, भोजपुर १ (विजयी)
२) कमल प्रसाद जबेगु, पाँचथर १ (विजयी)
३) खिनु लङ्वा लिम्बू, इलाम १(१) (विजयी)

राप्रपा विजयी भएको क्षेत्र

१) सविना बजगाईं, झापा १ (२) (विजयी)
२) भक्ति प्रसाद सिटौला, झापा ४ (२) (विजयी)