ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेपाली कांग्रेस भन्दा एमालेले १ हजार २ सय ४६ भन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकमा एमालेले २५ हजार २ सय ४५ मत र कांग्रेसले २३ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् ।

भने, नेकपा माओवादी केन्द्रले ७ हजार १ सय ७२, राष्ट्रिय स्वातन्त्र पार्टीले २ हजार ४ सय १८, जनता समाजवादी पार्टीले १ हजार ४ सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय ६८ र नेकपा एकीकृत समाजवादीले ४ सय ३० मत प्राप्त गरेका छन् ।

यस्तै, जिल्लामा प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न भएको छ ।