इटहरी । फुटबलको कुम्भमेला विश्व कपको २२औं सस्करण कतारमा जारी रहेको छ । विश्वको ध्यान कतारमा भई रहेको विश्व कप फुटवल प्रतियोगितामा परिरहेको समयमा सुनसरीको इटहरी रहेको पशुपति बोर्डिगं स्कुललाई पनि विश्व कपले छोएको छ ।

   विश्व कप फुटवल प्रतियोगिता अन्तरगत २१औं सस्करण देखि नै विश्व कप प्रतिको विद्यार्थीहरुको उत्साहलाई  मध्यनजर गर्दै पशुपति बोर्डिगं स्कुलले विश्व कप सम्वन्धी गतिविधिहरु सञ्चालन गर्दै आएको हो ।

 विद्यालयले हरेक शुक्रवार विद्यार्थीहरुले मन पराएका देशको जर्सी सहित खेल गराउने , विद्यालयमा विश्वकपमा सहभागी देशहरुका झण्डा राख्ने , अहिले सम्मका विजेता उपविजेता तथा आयोजकहरु विषयमा जानकारी समावेश गरिएको विद्यालयका सस्थापक  सुमित थापाले वताए । उनले विद्यालयले फुटवलका अलावा अन्य खेलकुदका गतिविधिहरु समेत विद्यालयले सञ्चालन गर्दै आएको समेत जानकारी दिए ।

आफुलाई मन पर्ने देशको जर्सी लगायर स्कुलमै खेल्न पाउदा रमाइलो लागेको विद्यार्थीहरु समेत वताउछन ।

  पशुपति वोर्डिगं स्कुलले  फुटवल , क्रिकेट सहितका अन्य  खेलकुदका गतिविधि सहित अध्ययन अध्यापनमा जोड दिदै आएको छ ।