विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको मत गणना रोकेर समानुपातिक तर्फको मत गणना थालिएको छ । निर्वाचन आयोगले समानुपातिक तथा प्रत्यक्षतर्फको मतगणना एकै साथ गर्न भने पनि निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्षको मतगणना नै रोकेर समानुपातिकतर्फको गणना शुरु गरेको हो ।

६० हजार समानुपातिकको मत गणना गर्न बाँकी रहेकोले प्रत्यक्ष तर्फको मत गणना रोकेको निर्वाचन अधिकृत रामहरि काफ्लेले बताए ।

प्रत्यक्षतर्फको गणना अब तीन घण्टामा सकिने उनले बताए । निर्वाचन अधिकृत काफ्लेका अनुसार शनिवार (भोलि) दिउँसोसम्ममा सबै मत परिणाम आइसक्ने उनले बताए । प्रदेश तथा प्रतिनिधि सभाकै प्रत्यक्षतर्फको मतगणना रोकेको र समानुपातिक गणना भइरहेको हो ।

मोरङ ३ मा कांग्रेसका सुनिलकुमार शर्माले ४५ हजार ९ सय ३६ मतसहित अग्रता कायम गरिरहेका छन् । उनलाई एमालेका भानुभक्त ढकालले २५ हजार ०७४ मतसहित पच्छ्याइरहेका छन् । राप्रपाकी रेखा थापाले १० हजार ७१० मत ल्याएकी छन् ।