पोखरा । स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनले नेकपा एमालेका नारायण मरासिनीलाई पराजित गरेका हुन् ।

२०७४ मा हारेको बदला लिँदै थापाले मरासिनीलाई ३२ सय ५५ को मतान्तरले हराएका हुन् । थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत पाए ।


यस्तै, कांग्रेसले प्रतिनिधिसभामा गण्डकीबाट ९ सीट जितेको छ ।