धरान । सुनसरी क्षेत्र नं.१ को प्रदेश सभा (क) बाट नेकपा एमालेका उम्मेदवार रमेश कुमार बस्नेत विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३ सय ५० मत अन्तरले पराजित गर्दै बस्नेतले जित हासिल गरेका छन् । 

बस्नेतले ११ हजार १ सय २ मत ल्याउँदा काङ्ग्रेसका थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । प्रदेश सभा १ मा जम्मा ३९ हजार ७ सय १३ मत खसेकोमा ३७ हजार ९ सय ४२ मत सदर भएको थियो ।