काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

३२ हजार ८० मत गणना हुँदा काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले १० हजार ५७२ मत प्राप्त गरेका छन ।

प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले ७ हजार २४०मत प्राप्त गर्नुभएको छ । पौडेल र पोखरेलको मतान्तर ३ हजार ३३२ रहेको छ ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको ४५ हजार ९ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको छ ।