मोरङ । प्रतिनिधिसभा तर्फ मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार डाक्टर शेखर कोइरालालाई नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन् ।

प्रारम्भिक मतगणना देखि नै डाक्टर कोइराला अगाडि  छन् । उनलाई एमाले उम्मेदवार लालबाबु पण्डितले पछ्याईरहेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार डाक्टर कोइरालाले  ३५३८ मत पाएका छन् । एमाले उम्मेदवार लालबाबु पण्डितले  २७६८ मत पाएका छन् । मोरङ ६ मा राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवार  यादवकुमार प्रधानले १०९४ मत पाएका छन् । राप्रपा  उम्मेदवार गोपाल क्षेत्रीले  ७८२ मत पाएका छन् ।