सप्तरी । सप्तरी २ को प्रदेशसभातर्फका दुबै सिटमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् । सप्तरी २ को प्रदेशसभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिश कुमार सिंहले १६ हजार ७३४ मतका साथ विजयी भएका हुन् । उनले जनता समाजवादी पार्टीक शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । साहले जम्मा ८ हजार २९२ मत पाए । यस्तै तेस्रोमा लोसपाका सरोज कुमार मण्डलले ६ हजार १३२ मत पाए ।

यस्तै, प्रदेशसभातर्फको क्षेत्र नम्बर २ मा पनि जनमतकै महेश प्रसाद यादव विजयी भए । उनले १३ हजार ३२५ मतका साथ विजय हासिल गरेका हुन् भने माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत पाए । यस्तै जसपाका लक्ष्मण यादव तेस्रो भए । सप्तरी २ को प्रतिनिधिसभातर्फको मतगणनामा पनि जनमतकै सीके राउतले फराकिलो अग्रता बनाएका छन् ।