काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–४ बाट विजयी भए ।  थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले  १३ हजार ८५५ मत मात्र प्राप्त गरे । 

राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले  ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए । थापाको जीतपछि उनका समर्थकहरुले मतगणना स्थलबाहिर नाचगान गरी खुसीयाली मनाएका छन् ।