धनकुटा । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि धनकुटामा गरिएको तयारीका विषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा निर्वाचन केन्द्ति सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा निर्वाचनका लागि गरिएको तयारीका विषयमा जानकारी गराइएको हो । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षता तथा मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा अपागंता भएका ,सुत्केरी ,गर्भवती , जेष्ठ नागरिकहरुलाई समेत मतदान गर्न सहज होस भनेर यस पटक निर्वाचन मतपेटीका सहज ठाउँमा राख्ने व्यवस्था मिलाएको जानकारी गराइयो । निर्वाचन बिशेष शुरक्षा योजना तर्जुमा र कार्यान्वयन, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतका एकहजार ३०४ जना कर्मचारीहरु खटिएको तथा निर्वाचनलाई स्वतन्त्र शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना ,नेपाल प्रहरी, शसस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धान ,सहित दुर्इ हजार ४सय ९८  सुरक्षाकर्मी परिचालन गरिएको पनि कार्यक्रममा सञ्चारकर्मीहरुलाई दिइयो । कार्यक्रममा प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, भिमदल गण सल्लेरीका गणपति प्रमुख सेनानी सुमन थापा ,प्रमुख अनुसन्धान अधिकृत तुलसी कट्टेल, शसस्त्र प्रहरी उपरीक्षक दिपकराज वलामि, जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठ साथै  विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।