धनकुटा । निर्वाचनको प्रचारप्रसार गर्न पाउने समय अत्यन्त कम भईरहेको समयमा धनकुटामा राजनितिदल तथा उमेद्वारहरुले प्रचारप्रसारलाई तिव्रता दिदै आएका छन ।  प्रतिनिधिसभा सदस्यका लागि  एउटा र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक गठवन्धनका तर्फबाट पुर्व मन्त्री शुनिलबहादुर थापा र नेकपा एमाले नेतृत्वको गठवन्धनबाट राजेन्द्रकुमार राई लगायतका उमेदवारहरु चुनवी मैदानमा रहेका छन । निर्वाचनको मिति नजिकी सकेको समयमा उमेदवारहरु आफनो चुनावी एजेण्डा सहित मतदाताको घरदैलोमा पुगिरहेका हुन । धनकुटामा पुर्व मन्त्री थापा ,यस अघिका प्रतिनिधिसभा सदस्य राई संगै स्वतन्त्र उमेदवार हेमराज भण्डारी र राष्ट्यि प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा चुनावी विच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विगतमा जितेर जानेहरुले धनकुटेली जनताका अपेक्षा अनुसार काम गर्न नसकेको कुरालाई आफुले मध्यनजर गर्दै जनताको अपेक्षा अनुसार काम गर्न आफु चुनावी मैदानमा आएको स्वतन्त्र उमेदवार हेमराज भण्डारी वताउछन ।

यस अघिका प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले आफुहरुले यस क्षेत्रका बाटा लगायतका कामहरु गर्ने र धनकुटामा रोजगारको विकाश गर्ने , विकास निर्माणका कामलाई पुरा गर्न   पुनः आफु लागी पर्ने  बताए । 

राजनितिक दल तथा उमेदवारहरु मत माग्न मतदाताहरुसंग पुगिरहेको समयमा मतदाताहरु चाहि पहिले जितेर जानेले केही नगरेको भन्दै नयाँ र  युवालाई जिताउने पर्ने तर्क गर्दछन ।