इटहरी । सुनसरीको  बेग्ला बेग्लै स्थानमा  बुधबार आयोजना गरिएको बिशेष चुनावीसभालाइ नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन । सुनसरीको क्षेत्र नं ३ दुहबीस्थित चुनावी सभालाइ सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले माओवादी केन्द्रलाइ खुन चुसेर ढाडिएको किर्नासंग तुलना गरेका छन ।

अध्यक्ष ओलीले घरपालुवा जनावरको शरिरमा रहेर खुन चुस्ने र ढाडिएपछि पुर्लुक्कै लडने किर्ना जस्तै माओवादी केन्द्र पनि त्यस्तै रहेको ब्यंग्य गरे । ओलीले माओवादि केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाइ ब्यंग्य गर्दै भने 'दया लागेर साथमा लिएर हिडेको अघाएपछि आफैसंग जोरि खोज्न जाइलागे ,अहिले कांग्रेस तिर ढल्केका छन ।'

सुनसरी क्षेत्र नं ३ मा गलत मान्छेलाइ भोट दिएकै कारण जनताले पाउनु दुख पाएको अध्यक्ष ओलीले बताए । उनले लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्वार बिजय कुमार गच्छदार प्रति प्रश्न गर्दै भने जनताले भोट दिएर जिताएर पठाको भ्रस्ट्रचारी बनाउन हो ? अख्तियारले स प्रमाण सहित ललिता निवास जग्गा प्रकरणमा भ्रस्ट्रचार ठहर गरी सर्वोच्चमा मुद्धा जाहेर गरेपनि गच्छदार सेटिङमा छुटेको ओलीको भनाइ छ ।

उनले यो पटक मतदान गर्दा यो पटक सोचेर र बुझेर मात्र गर्न मतदाताहरूलाइ सुझाव दिए । सुनसरी क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेद्वार भगबती चौधरीको खुलेरै प्रसंशा गरे । अध्यक्ष ओलीले चौधरीले स्थानियको समस्यालाइ नजिकबाट नियालेको , गाउलाइ शहरसम्म जोडने र शहरलाइ डिजिटल शहर बनाउने एजेन्डा बोकेकोले यो पटकको निर्वाचनमा भगबतीलाइ नै जिताउन आग्रह पनि गरे । उक्त चुनावी सभामा क्षेत्र नं ३ प्रदेश सभा तथा प्रतिनिधी सभाका उम्मेद्वारहरूको पनि उपस्थिती रहेको थियो ।

यसैबिच सुनसरी क्षेत्र नं ४को लौकहीमा आयोजित चुनाबी सभालाइ सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसलाइ सहाराबिहीन पार्टी भएको उल्लेख गरेका छन । स्थानिय निर्वाचन देखि अहिले हुन लागेको निर्वाचन सम्मका गतिविधि हेर्दा कांग्रेस सहाराबिहीन पार्टि भएको उल्लेख गरे । चुनावी मैदानमा एक्लै भिडन डराएर माओवादि र नेकपा एस संग गठबन्धन गरेको आरोप लगाए ।

यो पटकको निर्वाचनमा माओवादी केन्द्र , कांग्रेस र नेकपा एसलाइ जनताले हराएर एमालेलाइ देशकै सैवोच्च पार्टी बनाइदिने दाबी गरे । नेकपा एमाले  निर्वाचन परिचालन कमिटि सुनसरीले आयोजना गरेको चुनावीसभालाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले क्षेत्र नं ४ मा प्रतिनिधि तथा प्रदेशसभाका उम्मेद्वारहरूलाइ जिताउन मतदातासमक्ष अनुरोध गरे ।