सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन राप्रपाले नेतृत्व गर्नुपर्ने बताए ।

सिन्धुपाल्चोकको मेलम्चीमा भएको चुनावी सभालाइ सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउनुपर्ने बताए ।त्यस्तै, उहाँले देश र जनताको भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गरे ।

उहाँले देश ठुला भनिएका पार्टी र नेताहरुको बन्दकमा परेको आरोप  समेत लगाए  । राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले आफूले पनि लिङदेनसँगै संसदमा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताए ।