इनरुवा । बत्ती तथा फूलहरुको पर्व तिहारको अवसर पारेर झिलीमिली बत्ती लगाउने गरिन्छ । यही क्रममा सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा पनि झिलीमिली बत्ती लगाइएको छ । अस्पतालमा उपचारका लागि आउने मानिसहरुको आत्मवल वढाउन व्यक्तिका घर तथा व्यवसायिक प्रतिष्ठानहरुमा बत्तीले सजाईए झै अस्पतालमा पनि झिलिमिली बालिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमीरेले विरामीहरुलाई तिहारको समयमा पनि उपचारको लागि अस्पतालमा छु भन्ने भान नहोस र घरमै भएको झै लागोस भनेर  आत्मवल वढाउन झिलिमिली बत्ती लगाइएको वताए ।gg डा. घिमीरेले अन्य चाडपर्वहरुको समयमा समेत शुभकामना आदानप्रदान गर्ने कार्य समेत अस्पतालले गरेर विरामी तथा अस्पतालका कर्मचारीहरुको मनोवल वढाउने काम गर्ने गरेको समेत जानकारी दिए ।तिहारको अवसर पारेर इनरुवा अस्पतालले अन्य कार्यालयहरुले झै अस्पतालमा झिलीमिली बत्ती बाल्न थालिरहेको छ ।