नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्रन नम्बर ३ का लागि संयुक्त लोकतान्त्रि गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले वृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठवन्धन निमार्ण भएको बताउनु भएको छ । 

मोरङ क्षेत्र नम्बर ३ को सुनदरहरैचा नगरपािलका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाइ संवोधन गर्दै नेता शर्माले १२ वुदे सम्झौता देखि सुरु भएको शान्ति प्रकृयाको काम पुरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न वाम लोकतान्त्रिक गठवन्धन निमार्ण भएको बताउनु भयो । 

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शत्तिले जितेका कारण संविधानसभाबाट बाट बनेको संविधाननै खतरामा पर्ने अवस्थाको सृजना भएको स्मरण गर्दै शर्माले नेपालको सम्मुनतिका लागि संविधान र लोकतन्त्रका पक्षधर वामपन्थि र लोकतान्त्रिक शक्तिहरु एक हुनै पर्ने अवस्था आएको बताउनु भयो । 

यस क्षेत्रमा माओवादीका तर्फबाट उम्मेदवार नभएपनि माओवादीका नेताहरु गठवन्धनलाइ जिताउनका लागि खेलिरहेको सक्रियता तारिफ योग्य भएको भन्दै शर्माले स्थानिय माओवादी नेताहरुको तारिफ गर्नु भयो । गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र तत्कालिन नेकपा एमालेका महासचिव माधव नेपालको सक्रियतामा शान्ति सम्झौता भएको भन्दै शर्माले यसको बाँकी कार्यभार पुरा गरेर देश समुन्नत बनाउने जिम्मेवारीपनि यीनै राजनीतकि शत्तिको भएकोले अहिलेको गठवन्धन देश हितमा भएको शर्माको भनाइ थियो । 

फरक प्रशंग शर्माले कोरोना कालको महामारी यो क्षेत्रमानै नआउने, ५ रुपैया पर्ने माक्सलाइ ५५ रुपैयामा बेच्चे र शक्तामा भएरपनि जनतालाइ न्युनतम स्वास्थ्य सेवा सेवा दिन नसकने मानिसहरु अहिले फेरि भोट माग्न आएको  भन्दै यस्ता अवसरवादीहरुबाट सर्तक हुन पनि शर्माले सवैमा अपिल गर्नु भयो । 

कार्यक्रममा विभिन्न राजनीतिक दल छोडेर ठुलो संख्यामा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए । 

यस पटक यो देशलाइ मायाँ गर्ने एमालेकै कार्यकताहरुपनि गठवन्धनका नेताहरुलाइ भोट दिने शर्माको विश्वास थियो ।