सुन्दरहरैचा । फुटसल खेलको विकास तथा खेलाडीहरु उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले मोरगंको सुन्दरहरैचामा आयोजना गरिदै आएको वडा स्तरिय फुटसल प्रतियोगिताको तेस्रो सस्करण आगामी कार्तिकमा हुने भएको छ ।

   सुन्दरहरैचा नगरपालिकाको प्रवन्धन तथा प्लानेट रिक्रियसन सेन्टरको आयोजनामा सुन्दरहरैचा मेयर कप  तेस्रो वडा स्तरिय फुटसल प्रतियोगितामा आगामी कार्तिक ३ गतेबाट सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

   पत्रकार सम्मेलनमा नगरपालिकाका १२वटै वडाको सहभागिता रहने र १२वटै टिमलाई चार वटा समुह वनाएर खेल खेलाईने जानकारी गराइयो ।  WhatsApp Image 2022-10-14 at 14.30.45खेलकुद क्षेत्रको विकास लागि समेत बजेट विनियोज गर्ने काम नगरपालिकाले गरिरहेको सुन्दरहरैचा नगरपालिका प्रवक्ता तथा वडा नम्बर १२का वडाध्यक्ष रोशनप्रसाद ढकालले वताए । उनले युवाहरुलाई कुलतबाट वचाउन समेत खेलकुद क्षेत्रको योगदान हुने तर्फ मध्यनजर गर्दै फुटसल लगायतका खेलहरुका लागि नगरपालिकाले सहयोग गर्ने गरेको स्पष्ट पारे ।

प्रतियोगिताका लागि २लाख ९२हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता अन्तरगत विजेताले ५१हजार नगद, ट्रफि प्रमाण पत्र ,उपविजेताले २१हजार नगद ,ट्रफि प्रमाण पत्र तृतिय हुनेले ५हजार सहित ट्रफि प्रमाण पत्र र शान्तवना हुनेले ट्रफि प्रमाण पत्र प्राप्त गर्ने जानकारी गराइयो । सुन्दरहरैचा नगरपालिकाले सहयोग गर्र्दै आएको र आफुहरुले पनि खेलाडीहरुको प्रोत्साहन गर्ने गरेको  पुर्वाञ्चल फुटसल व्यवसायी संघका सचिव तथा प्रतियोगिताका संयोजक समिर बस्नेतले वताए ।

 त्यसै गरी सर्वाेत्कृष्ट खेलाडी सर्वोत्कृष्ट गोलकिप्पर र उदयमान खेलाडीलाई समेत नगद सहित ट्रफि प्रमाण पत्र प्रदान गरिने जनाइयो ।

पत्रकार सम्मेलनमा सुन्दरहरैचा नगरपालिका प्रवक्ता तथा वडा नम्बर १२का वडाध्यक्ष रोशनप्रसाद ढकाल, एन्फा मोरगंका उपाध्यक्ष प्रकास मास्के , फुटसल प्रशिक्षक योगेन्द्र गुरुगं लगायतको उपस्थिती रहेको थियो ।